आयो नया बर्ष - Jyoti Adhikari

 

आयो नया बर्ष फेरी आज

मिलेर हामी मनाऊंन/

अघिल्लो साल गरेको गल्ती

अब गर्ने छैन भनौन/

उकाली ओराली  यही रहिछ जीवन 

सम्म बाटो कहिले पनि आउदैन /

बिर्सिएर दुःख सम्मालेर सुख

बाचन  हामी सिकौंन/

 

देखेको कुरा गाहारो छ पाउन

सोचेको काम  सधै बन्दैन/

अर्कालाई दोष  दिनु भन्दा

आफैमा परिबर्तन ल्याऊँन/

 

सपना देख्छंयी सनग्ला आखा 

इस्वरको बरदान ठानौन/

हातमा हाम्रो मिहेनत राम्रो

यसै माग र्भमानौंन/

 

आशाको ज्योति  बलिनै रहोस

सुनौलो  बाटो देखाई/

बिस्वास मनमा बसिनै रहोस

जीवन सित रमाई/ 

Theme by Danetsoft and Danang Probo Sayekti inspired by Maksimer