आउनु तिमि चाखनालाइ
चौलानी छड़क्यो भात पाक्यो
अब दाल बाँकी छ पाक्नालाई
हरियो तरकारी पाकेपछि
आउनु तिमि चाखना लाइ
तिमि सुतेर बसिराख
या टीभीमा नाच हेरिबस
लामा काला तिम्रा केशहरु
धरिधारी कोरी बस
म रोटि मीठो पकौन्छु
त्यसमा नौनी पनि लागौन्छु
मस्यौरा भयो भुजिया पाक्यो
अब साग बाँकी छ पक्नालाई
गोलभेडाको चटनी बनेपछि
आउनु तिमि चाखना लाई
ऐनामा आफुलाई हेरिबस
या फोन मा कुरा गरिबस
सुन्दर तिम्रो त्यो मुहारमा
क्रीम पाउडर घसिबस
म कुकर मा सिटी लागौन्छु
मीठा मीठा व्यंजनहरू बनौन्छु
तरुवा तर्यो आलूदुम पाक्यो
अब दुध बाँकी छ तातना लाइ
गेदागूदी गाली गएपछि
आउनु तिमि चाखना लाई
- A poem by Bikram Niraula “Kramasha”

Recent Comments