Pages

March 2010
M T W T F S S
« Nov   Apr »
1234567
891011121314
15161718192021
22232425262728
293031  

राम नवमी

हिन्दु समाज मा राम लाइ भगवान को रुप मा पुजिने गरिन्छ | मर्यादा का खानि राम भगवान को अवतर त्रेता युग मा भएको हो | राम जन्मनु भन्दा पहिले नै हृशिमुनी हरू राम नाम को जप गर्ने गर्थे |यसले के कुरा प्रमाणित हुन्छ भने परम् शास्वत दिब्य शक्ति को नाम नै राम हो | त्यहिँ दिब्य शक्ति द्वारा संसार संचालित हुन्छ | जसले दशरथ को घर मा अवतर लिएर संसार लाई मर्यादा भाई चारा , मातृ पितृ भक्ति राष्ट्र भक्ति र त्याग को पाठ सिकाउनु भएको थियो | धर्म उथान को लागि वार वार हुने अवतर हरू ले हिन्दु धर्म को मर्म बोकेको छन् |

अपि स्वर्ण मयी लंका न मे लक्ष्मन् रोचते

जननी जन्मभुमिस्च स्वर्गादपि गरियेसे

यो राम द्वारा उचारित बचन ले सम्पूर्ण बिस्व लै राष्ट्र भक्ति को सशक्त नमुना प्रस्तुत गरेको छ भने, माता पिता को आग्या पालन गर्दै हुने लागेको अधिकार प्राप्ता राज्यबिशेक छोडेर १४ बर्ष जंगल गएको प्रसङ्ग ले आज को पद लोलुपता र सत्ता – लिप्सा मा चुर्लुम्ब डुबेका स्वार्थी नेता हरू ले सिक्ने पर्ने भएको छ |आज राम को आवश्यकता हाम्रो देश लाइ छ | जन्म दिने आमा बाबु अबहेलित भएको यो युग मा राम अवाब अतिशय खट्किएको छ | राम भात्री प्रेम को सर्बोचा नमुना हुन् | १४ बर्ष सम्म आफ्नो राज्य अरु लाइ सहज सुम्पिन सक्ने अतुलनीय छ्यमता का धनि राम त्याग को प्रतिमूर्ति हुन् |शायद तेत्रा युग मा राम को यति आवश्यकता थिएन होला जति अहिले को युग मा छ | फेरी एउटा राम जन्मिनु नै पर्छ | तेत्रा युग मा एउटा रावण थियो अहिले को युग मा हजारौं रावण भैसकेका छन् | सज्जन हृशीमुनि हरू लै राहत राम बिना संवव छैन | बिविशन शरण मा आउंदा लंका को राज्य प्रदान गर्दै राज – तिलक गर्दा सुग्रिव ले राम लै रावण शरण मा आयो भने के गर्नु हुन्छ भनेर सोद्दा अयोध्या को राज्य दिन्छु भनेर जवाब दिने माहा पुरुष यो दुनिया राम बाहेक अरु कोहि जन्मेको छैन | सबै को राजि खुशी मा राज्य चलाउने राम एक जना धोबी को असन्तुष्टिमा ध्यान दिन्छन भने आज लाखौँ जना को भावना लाई कुल्चेर पनि राज्य श्री आफ्नो हात मा राखन खोज्छन | अब राज्य होइन राम राज्य चाहिए को छ | राम आउने पर्छ र औंछांन पनि | अनि सज्जन लाई समौन्छान र दुर्जन लाइ गलौनछान | मार्च २४ को राम नवमी ले हामि लाइ राम को मर्यादा आदर्श र चरित्र ले परिपुन गरोस | यहि शुभकामना | ओम शान्ति |

प. तुलसी राम शर्मा

Share and Enjoy:
  • Digg
  • Facebook
  • Mixx
  • Google Bookmarks
  • LinkedIn
  • blogmarks
  • MySpace

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>