Pages

April 2010
M T W T F S S
« Mar   May »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

दीप-शिखा झैं

सूर्यास्तका बेलाको सन्ध्या आफ्नै रङ्गले रन्जित भएर हो वा

क्षितिज र अम्बर एउटै रङ्गमा रमाएका देखेर हो वा

पतझड-ऋतुका सन्तापले तप्त वृक्ष-वल्लारीका टम्म र लटरम्म पीत पत्रहरू

निभ्न लागेको दीप-शिखा झैं उज्ज्वल उज्ज्वल

ऊर्ध्वगामी चकमन्न ज्योति र आभाले हो वा

अग्निको भुबुरोलाई परास्त गरेर प्रदीप्त भएको स्वर्णको लावण्यझैं सुषमा देखेर हो वा

त्यसैलाई पच्छ्याएर त्यो मधुशालाभित्र चुर्लुम्म डुब्न

रविको गति तीब्रतर हुँदैछ आफ्नो गन्तव्यतिर

औटोमनको शीत वा पालोमुनि पीताम्बर ओढेर थरथर काँपिरहेका

वृक्ष-वल्लरी र अस्तको आभामा लुक्नलागेको सूर्यलाई

म हेरिरहेको थिएँ सिकागोको त्यो चौबाटोमा निर्निमेष भएर

यता हेर्दा पनि उता हेर्दा पनि थियो चुम्बकीय आकर्षण

त्यसै तिलस्मिताको भाव मनमस्तिष्कमा लिएर घर फर्केको म

पृथक् हुनसकेन स्वप्नमा पनि त्यो मनमुग्धताबाट

भोलिपल्ट उषाको अरुणिमासंगै दगुर्दै त्यसै चौपातोमा पुगें

तरूको तिलास्मिता रविको रम्यता नदेखेर हतप्रभ भएँ

सूर्यप्रभालाई गाँसेर मेघमंडल गर्जिरहेको देखें

वृक्ष-वल्लरीहरू नाङ्गै नाङ्गै नाङ्गै थिए

मूलबाट परित्यक्त पीत पातहरू परावलम्बनमा

हावाका झोंकासंगै यता उता कता छरिएका देखें

शीतका थोपाथोपाको थप्पड खेपिरहेका देखें

वृक्षका पीताम्बरलाई स्नेह र धैर्यले धर्तीले धारण गरेको देखें

सीकागोमा औटोमन अठोटमा उभिरहेको देखें प्रभावी भएको देखें

आर.डी.प्रभास चटौत

Share and Enjoy:
  • Digg
  • Facebook
  • Mixx
  • Google Bookmarks
  • LinkedIn
  • blogmarks
  • MySpace

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>